काठमाण्डु- महानगरपालिका–१०, बानेश्वरमा रहेको फ्रन्टलाईन हस्पीटल र प्रभु बैंकबीच सम्झौता भएको छ ।
बैंकका ग्राहक तथा कर्मचारीहरुलाई फ्रन्टलाईन हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।
फ्रन्टलाईन हस्पीटलका क्लिनिकल अध्यक्ष योगेश न्यौपाने र मेडिकल प्रशासक रोहन झा तथा प्रभु बैंकका चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटीङ म्यानेजर दिना चित्रकारले समझदारी पत्रमा संयुक्त हस्ताक्षर गरे ।
उक्त हस्पीटलमा प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले १० प्रतिशत छुट पाउने छन् ।
प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरु रहेका छन् ।




प्रतिक्रिया