जलिरहेको अवस्थामा फेला पर्यो रुसी विमान, कोही पनि जीवित नरहेको आशंका

जलिरहेको अवस्थामा फेला पर्यो रुसी विमान, कोही पनि जीवित नरहेको आशंका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रुसको सुदूर पूर्वी क्षेत्रमा ४९ जना सवार एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ। प्रारम्भिक रिपोर्टहरू अनुसार, दुर्घटनामा कोही पनि जीवित नरहेको आशंका गरिएको छ।

‘अंगारा एयरलाइन्स’ द्वारा सञ्चालित एन–२४ मोडेलको विमान चीनसँग सीमा जोडिएको अमुर क्षेत्रको टिन्डा सहरमा अवतरण गर्ने क्रममा राडारबाट सम्पर्कविहीन भएको थियो।

रुसी उद्धारकर्मीहरूले विमानको भग्नावशेष अमुर क्षेत्रमा जलिरहेको अवस्थामा फेला पारेका छन्। इन्टरफ्याक्स समाचार एजेन्सीका अनुसार, दुर्घटनास्थलमा विमानका टुक्रा छरिएका थिए।

रुसको नागरिक रक्षा, आपतकालीन तथा विपद् व्यवस्थापन मन्त्रालयले भन्यो “रुसको नागरिक उड्डयन प्राधिकरण (रोसाभियात्सिया) द्वारा परिचालित एमआई–८ हेलिकप्टरले विमानको जलिरहेको भग्नावशेष देखेको छ।”

याे पनि पढ्नुहाेस् ५० यात्रु बोकेको एन्टोनोभ एन–२४ विमान सम्पर्कविहिन

टास समाचार एजेन्सीले खराब मौसमका कारण भिजिबिलिटीबीच अवतरणका क्रममा चालक दलबाट भएको सम्भावित त्रुटिलाई दुर्घटनाको कारण मानिएको जनाएको छ।

विमानमा ५ बालबालिकासहित ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए। तर आपतकालीन मन्त्रालयले प्रारम्भिक विवरणमा सवारको संख्या करिब ४० जना रहेको उल्लेख गरेको छ।