विद्या भण्डारीको पक्षमा लागेपछि युवा संघका लुम्बिनी प्रदेश अध्यक्ष खरेल पदमुक्त

विद्या भण्डारीको पक्षमा लागेपछि युवा संघका लुम्बिनी प्रदेश अध्यक्ष खरेल पदमुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय युवा संघले लुम्बिनी अध्यक्ष सुरज खरेललाई पदमुक्त गरेको छ । सामाजिक सञ्जालमार्फत एमालेको भावी अध्यक्ष विद्या भण्डारीलाई बनाउनुपर्ने मत राख्दै आएका खरेललाई असार २५ मा महासचिव महेश चौलागाईले स्पष्टीकरण सोधेका थिए ।

स्पष्टीकरणमा अध्यक्ष खरेलमाथि पोखरामा भएको महाधिवेशनमा अध्यक्ष मण्डलका सदस्यलाई अभद्र व्यवहार गरेको आरोप लगाउँदै भौतिक रूपमा उपस्थित भएर स्पष्टीकरण दिन निर्देशन दिइएको थियो ।

उनको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै महासचिव चौलागाईले उनलाई एकवर्षका लागि पदमुक्त गरेको पत्र पठाएका छन् ।

निलम्बनमा परेका खरेलले भने महाचिव चौलागाईले गरेको निलम्बन अस्विकार गर्ने जनाएका छन् ।

संगठनमा फरक मत राखेकै कारण हुँदैन भएका आरोप लगाएर निलम्बन गरिनु खेदजनक भएको भन्दै निलम्बनले आफूलाई कुनै फरक नपर्ने उनले बताए ।