सदन खुलाउने विषयमा गम्भीर छु, तिहारपछि सरकारसँग छलफल गर्छु : सभामुख अर्याल

सदन खुलाउने विषयमा गम्भीर छु, तिहारपछि सरकारसँग छलफल गर्छु : सभामुख अर्याल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सदन खुलाउने विषयमा आफू सकारात्मक रहेको बताएका छन्। अर्यालले मंसिरको दोस्रो या तेस्रो साताभित्रमा सदन खुलिसक्ने दाबी गरेका हुन्। सरकारसँग सल्लाहपछि सदन खुल्ने विषयको निधो लाग्ने उनको भनाइ छ ।

‘मङ्सिर दोस्रो तेस्रो साताभित्रमा सदन बोलाइसक्ने गरी सरकारसँग परामर्श गर्ने तयारीमा छु । छठ लगत्तै परामर्शमा जुट्नेछु। विपक्षीहरूबाट सदन चाँडो बोलाउनुपर्छ भन्ने आवाज आइरहेको छ त्यसलाई मैले सकारात्मक ढंगले हेरेको छु।’ सभामुख डोलप्रसाद अर्यालले काठमाण्डुपार्टीसँग भने, ‘विपक्षी दलहरूको अनुरोधलाई पनि सरकारसामु राखेर छलफल गरेर निर्णय लिन्छौँ। सदन खुलाउने विषयमा गम्भीर छु।’

प्रतिपक्षी दलहरूले एकजुट भएर निरन्तर रूपमा सदन बोलाउन सभामुखलाई दबाब दिइरहेका छन्। मङ्गलबार प्रतिपक्षी दल नेकपा एमाले र नेपाली कांग्रेसका नेताले सभामुखलाई भेटेर सदन बोलाउन आग्रह गरेका थिए।

सभामुखलाई भेट्नेमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, एमाले संसदीय दलकी नेत्री पद्मा अर्याल र नेता गुरु बराल थिए।