अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ।

बुधबार अर्थ मन्त्रालयमा भएको भेटमा नेपाल–भारतबीचको आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ।

भेटमा अर्थसचिव डा. घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरूको सहभागिता थियो।

भेटमा दुई देशबीचको आर्थिक सम्बन्ध र सहकार्यका विविध पक्षमा विचार आदानप्रदान भए पनि छलफलका विषयमा विस्तृत विवरण सार्वजनिक गरिएको छैन।