भारत र चीनसँग सन्तुलन मिलाउन नसके नेपालमाथि हमला हुनेवाला छ : नेता खनाल

भारत र चीनसँग सन्तुलन मिलाउन नसके नेपालमाथि हमला हुनेवाला छ : नेता खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाल र भारतबिच सुपुर्दगी सन्धि हुने तयारीमा रहेको बताएका छन् ।

शनिबार पुष्पलाल जन्म शताब्दी तथा ४७औं स्मृति दिवसका सन्दर्भमा आयोजित निर्वासन लोकार्पण समारोहलाई सम्बोधन गर्ने क्रममा उनले सन्धि हुँदा भारत र चीनसँग सन्तुलन मिलाउन नसके त्यसले नेपालको राष्ट्रियतामाथि हमला हुने बताए ।

‘अहिले मैले सुनिरहेको छु, नेपाल र भारतबिच सुपदर्गी सन्धि हुँदैछ । त्यो सन्धि हुँदा नेपालले भारत र चीनसँग सन्तुलन मिलाएर गर्न सकेन भने नेपालको राष्ट्रियतामाथि अर्को हमला हुनेवाला छ,’ उनले भने ।

पुष्पलाललाई सम्झिँदै उनले पुष्पलाल नेपालका जनतालाई प्रशिक्षित गर्ने पहिलो व्यक्ति रहेका बताए । उनले कम्युनिष्ट पार्टी एउटा मात्र हुने भएकाले अहिले कम्युनिष्ट पार्टी धेरै भएको बताए । उनले नीति र सिद्धान्त दाँयाबायाँ सञ्चालित भएको कारण धेरै पार्टी प्रकट भएको बताए ।

‘पुष्पलाल नेपालका जनतालाई प्रशिक्षित गर्ने पहिलो व्यक्ति उहाँ हुनुहुन्थ्यो । पुष्पलालले नेपालमा नेपालको श्रमजीवि वर्गको एउटा पार्टी नेपाल कम्युनिष्ट पार्टी हुन्छ भनेर पार्टी गठन गर्नुभएको हो । कम्युनिष्ट पार्टी एउटा मात्र हुन्छ, पुष्पलालले बनाएको पनि एउटा पार्टी हो । अहिले २४–२५ वटा छन्, के कारणले छन् भनेर खोजी गर्न जरुरी रहेको छ । हाम्रो देशमा पनि यति धेरै उत्पन्न हुनुका कारण नीति र सिद्धान्त दाँयाबायाँ सञ्चालित भएको कारण नै यतिधेरै पार्टी प्रकट भएका छन्,’ उनले भने ।