काठमाण्डु – बाढी र पहिरोको जोखिम आइतबार पनि रहेको छ । कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
आइतबार दोलखा, सिन्धुपाल्चोक, डोटी, अछाम, कालिकोट, दैलेख, र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ ।
त्यस्तै रामेछाप, सोलुखुम्बु, सङ्खुवासभा, रसुवा, धादिङ, नुवाकोट, काभ्रेपलान्चोक, कास्की, लमजुङ, पर्वत, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, सुर्खेत, जाजरकोट, जुम्ला, डोल्पा, मुगु, बझाङ, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ ।






प्रतिक्रिया