११ सय रुपैयाँले घट्यो सुनको भाउ

११ सय रुपैयाँले घट्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको भाउ १ हजार १ सय रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले घटेर एक लाख ९३ हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि गत हप्ताको शुक्रबार सुन तोलाको एक लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ५० रुपैयाँले घटेर चाँदी २ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।