काठमाण्डु– सोमबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ ।पाैने १ बज्दा सम्म उछाल देखिएपनि त्यसपछि मार्केटले लय लिन सकेन ।
१२:५१ मा ३०१३ विन्दुमा पुगेको नेप्से ३ बजेसम्म आइपुग्दा १८ अंकले घटेर परिसुचक २९६४ मा झरेको छ ।
गत आर्थिक वर्षकाे साउन ३० गते नेप्से ३०००.८१ विन्दुमा पुगेको थियो । त्यसदिन २९ अर्ब ९५ करोड रुपैयाँसहित कारोबारमा रेकर्ड कायम भएको थियो ।
यसदिन ५ करोड ८६ लाख कित्ता सेयर किनबेच हुदा २६ अर्ब ५७ करोडको कारोबार भयो ।
कारोबारमा आएका ६३ कम्पनीको सेयर बढेको छ भने १८६ कम्पनीको घटेको छ ।
कारोबार रकमका आधारमा यसदिन शिभम् सिमेन्ट एक्लैले १ अर्बको कारोबार गर्यो भने ङादी ग्रुपले ८८ करोड, नेपाल रि इन्सुरेन्स कम्पनीले ८५ करोड, कालीका पावर कम्पनीले ८४ करोड, ग्रिन भेन्चर्सले ७६ करोड, सानिमा माइ हाइड्रो र लुम्विनी बिकास बैंकले ७५ करोड, हिमालय रि इन्सोरेन्सले ७० करोडको कारोबार गरे ।
यसदिन समता घरेलु लघुबित्त, ट्रेड टावर र शान्भी इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।
आज विकास बैंक १.२३, उत्पादन तथा प्रशोधन १.०८ तथा व्यापार १.४४ माइक्रोफाइनान्स ० प्रतिशत बढे ।
फाइनान्स सबैभन्दा धेरै १.९९ प्रतिशत घट्यो । बैंकिङ ०.७१, होटल तथा पर्यटन १.७९, हाइड्रोपावर १.०९, लगानी १.६६, जीवन बीमा १.३५, निर्जीवन बीमा ०.६७ तथा अन्य ०.८६ प्रतिशत घटे ।




प्रतिक्रिया