काठमाण्डु – आज साउन महिनाको दोस्रो सोमबार । पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । भक्तजनको सहजताका लागि सोमबार बिहान ३ बजेदेखि नै पशुपतिका चारवटै ढोका खोलिएका छन् ।
साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा रहिआएको छ । यस दिन विशेष रुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।
पशुपति क्षेत्र विकास कोषका अनुसार भक्तजनका लागि उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलास्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।
साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।
यस वर्षको साउन महिनामा चारवटा सोमबार परेका छन् ।
यस्तै साउन महिनाको दोस्रो सोमबारको अवसरमा हेटौंडा–४ स्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भिड लागेको छ ।
मन्दिर व्यवस्थापकका अनुसार बिहानैदेखि मन्दिरको मूल ढोका खोलिएको छ ।












प्रतिक्रिया