बाढी-पहिरोले आठ राजमार्ग पूर्णरूपले अवरुद्ध (सूचीसहित)

बाढी-पहिरोले आठ राजमार्ग पूर्णरूपले अवरुद्ध (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण ८ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । यस्तै ५ वटा राजमार्गमा एकतर्फी मात्र सवारी सञ्चालनमा छन् ।

नेपाल प्रहरीले सोमबार सार्वजनिक गरेको विवरणअनुसार कोशी, बागमती र कर्णाली प्रदेशका राजमार्गहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।

बागमती प्रदेशमा ४ वटा मुख्य सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा बाढीले नेपाल र चीन नाका जोड्ने पुल नै बगाउँदा यातायात पूर्ण ठप्प छ । रसुवाको पासाङ ल्हामु सडक खण्ड पहिरोले अवरुद्ध बनेको छ ।

यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग बन्द छ भने नुवाकोटको शिवपुरी–४ चालिसेस्थित मध्य–पहाडी लोकमार्ग पनि पहिरोले अवरुद्ध छ ।

कर्णाली प्रदेशका तीन महत्त्वपूर्ण सडक पूर्ण रूपमा बन्द भएका छन् ।

रुकुम पश्चिमको आठबिसकोटमा बाढीका कारण जाजरकोट–डोल्पा जोड्ने भेरी करिडोर अवरुद्ध छ । त्यसैगरी, हुम्लाको सिमकोटमा पहिरोले कर्णाली करिडोर र जाजरकोटको छेडागाडमा पहिरोले मध्य–पहाडी राजमार्ग अवरुद्ध बनाएको छ ।

कोशी प्रदेशमा संखुवासभाको भोटखोला–८ बरुणमा अविरल वर्षाका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार काठमाण्डु–नुवाकोट सडक खण्ड टोखा नगरपालिका–२ मा एकतर्फी रूपमा सञ्चालनमा छ । यस्तै कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको बानपा–१० दब्ल्याङ र नवलपरासी ९पूर्व०को गैँडाकोट–३ तरङखोलामा एकतर्फी सञ्चालनमा छ ।

बेनी–जोमसोम सडकअन्तर्गत मुस्ताङको थासाङ–४ घोप्टेभिरमा पहिरोका कारण सडक एकतर्फी छ । सहिद राजमार्गअन्तर्गत रोल्पाको परिवर्तन गाउँपालिका–५ ग्रामजिम र धामाचौरमा पहिरो खस्दा सडक एकतर्फी बनेको छ ।