काठमाण्डु – पुजन काफ्लेले तीजको नयाँ गीत सार्वजनिक गरेकी छन् ।
तीजको पूर्वसन्ध्यामा उनले ‘छड्के तिलहरी’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।
गीतमा शब्द, संगीत तथा स्वर नै पुजन काफ्लेको छ । आदेश गुर्मछानको संगीत संयोजन छ ।
गहना पाउँदाको खुसी समेटिएको गीतमा गहना महिलाको सौन्दर्यसँग जोडिएको यथार्थ छ । तीजमा सँगै मिलेर नाच्नेगाउने परम्परागत संस्कृतिलाई गीतले समेटेको छ ।
केशव राज भट्टको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा शिला गजुरेल, संस्कृति भुजेल र एलिजा काफ्लेको नृत्य छ ।




प्रतिक्रिया