देशभर मनसुनी वायुको प्रभाव : यी तीन प्रदेशमा ‘भारी वर्षा’ हुने सम्भावना

देशभर मनसुनी वायुको प्रभाव : यी तीन प्रदेशमा ‘भारी वर्षा’ हुने सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर साधारणतया बदली र आकाशभरि बादल रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाड भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भेगका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। राति लुम्बिनी प्रदेशलगायत देशको पहाडमा साधारणतया बदली रही बाँकी तराईमा आंशिक बदली रहनेछ।

लुम्बिनी प्रदेशलगायत देशका पहाड क्षेत्रका थोरै स्थान तथा तराईका एक‍-दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना छ।