भोटेकोशीमा बाढी, भन्सार यार्डमा रहेको धर्मकाटा बगायो

भोटेकोशीमा बाढी, भन्सार यार्डमा रहेको धर्मकाटा बगायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ ल्हेन्दे खोलामा बाढी आउँदा टिमुरेस्थित भन्सार यार्डमा रहेको धर्मकाटा बगाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार बिहान चीनतर्फबाट पानीको बहाव बढेर बाढी आउँदा टिमुरेस्थित भन्सार यार्डमा रहेको धर्मकाटा बगाएको हो।

प्राधिकरणले अहिले पनि बाढीको सतह उच्च नै रहेकोले रसुवा, नुवाकोट र धादिङका भोटेकोशी र त्रिशुली नदी किनार र आसपासका नागरिकलाई सजकता अपनाउन अनुरोध गरेको छ। खोलामा माछा मार्न जाने, बाढीमा बगेर आएका काठ दाउरा टिप्न जानेजस्ता कार्यहरु नगर्ने आग्रह गरिएको छ।

यस अगाडि पनि चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा गत असार २३ गते आएको बाढीले ठूलो मात्रामा धनजनको क्षति गरेको थियो ।