बागमती कांग्रेसको विवाद रोचक मोडमा, संसदीय दलको नेताबाट हटाइएका लामा मन्त्रिपरिषद् विस्तार गर्दै

बागमती कांग्रेसको विवाद रोचक मोडमा, संसदीय दलको नेताबाट हटाइएका लामा मन्त्रिपरिषद् विस्तार गर्दै

संसदीय दलको नेता छान्न आजै निर्वाचन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेताबाट हटाइएका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ)ले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । नेपाली कांग्रेसका ५ जना मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका स्थानमा उनले मन्त्री नियुक्ति गर्ने तयारी गरेका हुन् ।

५ जना मन्त्रीले राजीनामा दिएपछि लामा नेतृत्वको सरकार संकटमा परेको हो । उनले पद रिक्त भए पनि कति जनालाई मन्त्री बनाउने भन्नेमा सल्लाहमै छन् ।

मन्त्री बन्ने ३ जनाको मात्रै सार्वजनिक भएको छ । गोविन्द लम्साल आन्तरिक मामिला तथा कानुन मन्त्री, माया श्रेष्ठ युवा तथा खेलकुद मन्त्री र गिता गुरुङ सहकारी तथा गरिबी निवारण मन्त्री हुने जनाइएको छ।

लामाले मन्त्री नियुक्त गरी बुधबार नै शपथग्रहण गर्ने तयारीमा पनि छन् । मंगलबार संसदीय दलको नेता विरुद्धको अविश्वासको प्रस्तावमा भएको मत विभाजनबाट मुख्यमन्त्री लामाले दलको नेताको हैसियत गुमाइसकेका छन् ।

गत साउन ९ गते लामाविरुद्ध संसदीय दलमा २१ जना प्रदेश संसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

त्यसकै प्रक्रिया स्वरूप मंगलबार कांग्रेस संसदीय दलको कार्यालयमा भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै परेको थियो। यस्तै विपक्षमा २२ मत परेसँगै लामाले संसदीय दलको नेताको हैसियत गुमाएका हुन्।

लामाले प्रदेश संसदीय दल नेताको हैसियत गुमाएपछि कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि बुधबार निर्वाचन हुँदैछ । प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।