सरकारले खर्च गर भनेर व्यक्तिको खातामा पैसा नहाल्दिएसम्म अर्थतन्त्र चलायमान हुँदैन : पूर्वगभर्नर नेपाल

सरकारले खर्च गर भनेर व्यक्तिको खातामा पैसा नहाल्दिएसम्म अर्थतन्त्र चलायमान हुँदैन : पूर्वगभर्नर नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पूर्वगभर्नर चिरञ्जीवि नेपालले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले व्यक्तिको खातामा पैसा पठाइदिन पर्ने बताएका छन् ।

बुधबार नेपाली कांग्रेस वित्तीय संस्था समन्वय विभागले आयोजना गरेको वर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थीति विषय अन्तरक्रियामा बोल्दै उनले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले व्यक्तिको खातामा पैसा हाल्न सक्नुपर्ने बताएका हुन् ।

मौद्रिक नीतिले धेरै लचकता लिएको भन्दै उनले यसले मुलुकको अर्थतन्त्रलाई चलाउने भए पनि यसका जोखिमहरु पनि धेरै रहेको बताए। उनले भने ‘अर्थतन्त्र चलायमान नभएका बेला विस्तारकारी ठूलो बजेट चाहिन्छ ठूला आयोजनामा लगानी गर्ने बजेट, करका दर घटाउने बजेट चाहिन्छ। त्यतिमात्रै नभई विकसित देशमा कतिको खातामै सरकारले खर्च गर भनेर पैसा नै पठाइदिन्छ। त्यस्तै नेपालमा पनि सरकारको बजेटबाट त्यसो गर्न सक्नुपर्छ। ‘हामीलाई हिजोका दिनमा विदेशी सञ्चितिमा असर पर्दा के भएको थियो, त्यसको हेक्का समेत राख्नुपर्छ।

यस्तै उनले अहिले पनि बोर्डरका धेरै मान्छेले भारतका बैंकहरुमा पैसा राख्ने गरेको बताउँदै उता पूँजी पलायन भएर हामीकहाँ तरलता अभाव हुने हो की भनेर प्रश्न गरेका छन् । उनले भने , ‘रेमिट्यान्समा धेरै ब्याजदर सम्बन्धित देशले दिन थाले पूँजी नआउने हो की? बोर्डर खुल्ला छ, हाम्रोमा चलन नै छ, यता ब्याजदर कम भयो भनेर पारी लगेर पैसा राख्ने हो की?