काठमाण्डु– युवराज पौडेल ’सफल’ले प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जनाविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएका छन् ।
पदमा रहँदा शक्तिको दुरुपयोग गर्दै मानव तस्करी गरेको भन्दै सफलले बुधबार जिल्ला प्रहरी परिसर काठमाण्डुमा हुलाकमार्फत उजुरी पठाएका हुन् ।
पौडेलले प्रधानमन्त्री ओली तथा गृहमन्त्री रमेश लेखकसहित उपसभामुख इन्दिरा राना, पूर्व गृहमन्त्रीहरू बामवदेव गौतम, कृष्ण सिटौला, भीम रावल,विजयकुमार गच्छदार,शक्तिबहादुर बस्नेत,विमलेन्द्र निधी,बालकृष्ण खाण, रवि लामिछाने, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ र पूर्व श्रममन्त्री डोलप्रसाद अर्यालमाथि अनुसन्धान गर्न माग गरेका छन् ।
उजुरी आएपनि आधिकारिक दर्ता हुन नसक्ने काठमाण्डु प्रहरी परिसरले जनाएको छ ।




प्रतिक्रिया