काठमाण्डु– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४७.९३ अङ्कले घटेर २९५४.१४ को विन्दुमा कायम भएको हो । यो १.५९ प्रतिशतको गिरावट हो ।
आज ३२७ कम्पनीको ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता शेयर १ लाख ४१ हजार ५२० पटक खरिदबिक्री हुँदा १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ बराबरको कारोबार भएको हो ।
आजको कारोबारमा अन्य समूह ०.८५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक र लघुवित्त समूहको उपसूचकमा उच्च गिरावट देखिएको छ ।
सान्भी इनर्जी लिमिटेड र ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य ८.०४ प्रतिशतले घटेको छ ।




प्रतिक्रिया