दरमखोला हाईड्रोको आइपीओ जारी, कति कित्ता ?

दरमखोला हाईड्रोको आइपीओ जारी, कति कित्ता ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– दरमखोला हाईड्रो इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आइपीओ जारी गरेको छ ।

कम्पनीले २९ लाख १९ हजार ५ सय कित्ता आइपीओ निष्कासन गरेको हो ।

यस अघि कम्पनीले गत जेठ २० गते प्रति शेयर १०० रुपैयाँ अंकित दरका ३९ करोड ५० लाख रुपैयाँबराबरको ३९ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

यस अघिनै कम्पनीले कुल जारी पुँजीको १०/१० प्रतिशत शेयर आयोजना प्रभावित र वैदेशीक रोजगारीमा रहेकाहरुला लागि निष्कासन गरिसकेको छ । सर्वसाधारणले यस आइपीओ न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै लगानीकर्ताले मेरो शेयर बाट समेत आवेदन दिन सक्नेछन् । आइपीओ खरिदका लागि लगानीकर्ताले ढिलोमा साउन २९ गते सम्म आवेदन दिन सक्नेछन् ।