रुपन्देही–३ मा एक महिलासहित ३ जना उम्मेदवारको नाम सिफारिस गर्न एमालेको परिपत्र

रुपन्देही–३ मा एक महिलासहित ३ जना उम्मेदवारको नाम सिफारिस गर्न एमालेको परिपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेले रुपन्देही क्षेत्र–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई परिपत्र गरेको छ ।

प्रतिनिधिसभा सदस्य दीपक बोहोराको निधनपछि रिक्त भएको रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा एक महिलासहित ३ जना उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र गरेको हो ।

पार्टी महासचिव शङ्कर पोखरेलले आगामी भदौ १५ गतेभित्र उम्मेदवारको नाम पार्टी केन्द्रीय कार्यालयमा सिफारिस गर्न परिपत्र गरेका हुन् । उम्मेदवार सिफारिस गर्नुअघि निर्वाचन क्षेत्र समन्वय कमिटीले जिल्ला र प्रदेश कमिटीसँग पनि राय लिन आग्रह गरिएको छ ।