काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाललीले खुसीका साथ हरेक साउन १५ गते खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।
बिहीबार नेकपा एमालेको साहित्य, कला तथा संस्कृति विभागद्वारा आयोजित स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रममा बोल्दै उनले हरेक नेपालीले खुसीका साथ खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताए ।
उनले यस वर्ष तराई–मधेशमा सुख्खा लागेकाले राम्रो खेती हुन नसकेको अवस्थामा सिँचाइको उचित प्रबन्ध गर्न सरकार लागिपरेको बताए ।
उनले सुनकोसी मरिन डाइभर्सन, रानी जमरा कुलरिया, तमोर लगायत आयोजना छिटो सक्न पनि निर्देशन दिएको बताए । प्रधानमन्त्री ओलीले सबै नेपालीले हरेक साउन १५ गते खुसीका साथ खीर खाने वातावरण निर्माणमा लाग्न आग्रह गरेका छन् ।




प्रतिक्रिया