दाङ – ट्रयाक्टर दुर्घटना हुँदा दाङमा २ जनाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरस्थित सडकमा तुलसीपुरबाट विजौरीतर्फ जाँदै गरेको रा१त ३४७८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार तुलसीपुर–१७ बस्ने १५ वर्षीय सविन भण्डारी र १६ वर्षीय मनोज रोका मगरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।
प्रहरीले ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया