माओवादी स्थायी समिति बैठक आज पनि बस्दै, अध्यक्षको प्रस्तावमाथि नेताहरूले धारणा राख्ने

माओवादी स्थायी समिति बैठक आज पनि बस्दै, अध्यक्षको प्रस्तावमाथि नेताहरूले धारणा राख्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (माओवादी केन्द्र)को जारी स्थायी समितिको बैठक शनिबार पनि बस्दैछ । बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा सुरु हुने बैठकमा नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमाथि धारणा राख्नेछन् ।

अध्यक्षको प्रस्तावमाथि धारणा राख्न प्रत्येक सदस्यलाई १०–१५ मिनेटको समय छुट्याइएको छ ।

‘अध्यक्षले एजेन्डा पेस गरेपछि छलफलका लागि प्रत्येक सदस्यलाई १० देखि १५ मिनेटको समय निर्धारण गरिएको छ । बैठकमा कति जनाले बहस गर्छन्, त्यसले समय निर्धारण गर्छ’, उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।

उनले अहिले कसैलाई स्पष्टीकरण सोध्ने वा अन्तरविरोधको हल निकाल्ने भन्दा पनि सबैको विचार र मत सुनिसकेपछि मात्र के गर्ने भनेर एउटा निष्कर्षमा पुग्न सकिने बताए ।