शेयर खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य

शेयर खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शेयर कारोबारको खाता खोल्न अब राष्ट्रिय परिचय पत्र अनिवार्य रुपमा चाहिने भएको छ ।

नेपाल स्टक एक्सचेन्जले सूचना निकालेर नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्न ब्रोकर कम्पनीहरूलाई पत्राचार गरेको हो ।

आफ्नै कारोबार प्रणाली (टीएमएस) प्रयोग गरिरहेका ब्रोकरहरूलाई पनि यसको लागि तयारी गर्न समेत नेप्सेले निर्देशन दिइएको छ । ग्राहकले राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा केवाईसी विवरण भर्नुपर्ने हुन्छ ।

अहिलेसम्म नागरिकता तथा नागरिकता नम्बरका आधारमा केवाईसी फारम भरिने गरिएकोमा राष्ट्रिय परिचयपत्र चाहिने भएको हो ।

यसअघि नै कारोबार खाता खोली कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) प्रयोग गरिरहेकालाई पनि राष्ट्रिय परिचय पत्र नम्बर उपलब्ध गराउनेगरी काम गर्न नेप्सेले आग्रह गरेको छ ।