एमालेले रोके पनि विद्या भण्डारी राजनीतिमा आउन थुप्रै बाटा छन् : पूर्वप्रधानमन्त्री खनाल

एमालेले रोके पनि विद्या भण्डारी राजनीतिमा आउन थुप्रै बाटा छन् : पूर्वप्रधानमन्त्री खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा आउन चाहे थुप्रै बाटाहरू रहेका टिप्पणी गरेका छन् ।

शनिबार एक अन्तर्वार्तामा नेता खनालले एउटाले सदस्यता नवीकरण नगरेर भण्डारीको एउटा बाटो रोके पनि थुप्रै बाटा खुलै रहेको बताए ।

उनले पार्टी राजनीतिमा आउनलाई पूर्वराष्ट्रपतिलाई संविधानले नरोकेको बताए । पूर्वराष्ट्रपति भण्डारीले एमालेमा सक्रिय भएको अवस्थाबारे उनले भने, ‘नेकपा एमालेलाई लचिलो पार्टीका रूपमा विकास गर्ने, सबै वामपन्थी दलहरू मिलेर जाने अवस्थामा त्यो पार्टीलाई पुर्‍याउने वामपन्थीहरूका बीचमा साझा आधारहरूमा एकताबद्ध गर्ने, साझा मोर्चा निर्माण गर्ने र आगामी चुनावमा पनि त्यो ढं‍गले प्रतिस्पर्धा गरेर जान सक्ने हिसाबले म एमालेलाई त्यसरी खडा गर्छु भन्ने प्रतिबद्धताका साथ आउने हो भने त्यो चाहिँ बडो राम्रो कुरा हुन्छ, त्यसमा मेरो समर्थन हुन्छ ।’

भण्डारीले एमालेको सक्रिय राजनीति गर्ने तयारी गरेका बेला केन्द्रीय कमिटी बैठकले उनी सक्रिय राजनीतिमा आउन नहुने निर्णय गरेको छ ।