एकैदिन ३४ सयले बढ्यो सुनको भाउ

एकैदिन ३४ सयले बढ्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ ३४ सय रुपैयाँले बढेको हो ।

शुक्रबार तोलामा १ लाख ९३ हजार १०० रुपैयाँ कायम भएको सुन आइतबार १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार २ हजार २३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा २ हजार २५० रुपैयाँ पुगेको हो ।