काठमाण्डु – तपाईंले ‘ए’, ‘बी’, ‘ओ’ र ‘आरएच’ जस्ता रक्त समूहहरूबारे पक्कै सुन्नुभएको होला । यीबाहेक पनि केही दुर्लभ रक्त समूहहरू हुन्छन् ।
तर अहिले भारतमा एक नयाँ रक्त समूह पत्ता लागेको छ, जसको नाम राखिएको छ सीआरआईबी ।
यो रक्त समूह यति दुर्लभ छ कि ३८ वर्षीया ती महिलाको मुटुको शल्यक्रिया हुँदा चिकित्सकहरूले रगत चढाउन पूर्वतयारी स्वरूप रगत राख्ने सामान्य प्रक्रिया समेत अपनाएनन् ।
सीआरआईबीमा ‘सीएच’ को अर्थ क्रोमर हो, जुन ४७ वटा रक्त समूहहरूमध्ये एउटा इकाइ हो । ‘आई’ को अर्थ इण्डिया, र ‘बी’ को अर्थ बेंगलुरु हो ।
अर्थात् यो रक्त समूह बेंगलुरु नजिकै एक महिलामा पत्ता लागेकोले बी अक्षर पनि राखिएको हो । यो रक्त समूह यति दुर्लभ छ कि ३८ वर्षीया ती महिलाको मुटुको शल्यक्रिया हुँदा चिकित्सकहरूले रगत चढाउन पूर्वतयारी स्वरूप रगत राख्ने सामान्य प्रक्रिया समेत अपनाएनन् ।
किनभने विशेषज्ञहरूले ती महिलाको रक्त समूह पहिचान गर्नै सकेका थिएनन् । डा. अंकित माथुरले ती महिलाको शल्यक्रिया गर्न अतिरिक्त रगत नचढाइ सफलतापूर्वक शल्यक्रिया गरेका थिए ।
डा. माथुर बेंगलुरुको रोटरी–टीटीके ब्लड सेन्टरका अतिरिक्त चिकित्सा निर्देशक हुन् । ती महिलालाई मुटुमा समस्या देखिएपछि शल्यक्रियाको सिफारिस गरिएको थियो ।
अन्य रक्त समूहभन्दा फरक
डा. माथुरले भने, ‘महिलाको रक्त समूह कुनै पनि परिचित समूहसँग मेल खाएको थिएन । हामीले विभिन्न समूहहरूसँग परीक्षण गर्याैँ तर हरेकपटक प्रतिक्रिया (रिएक्सन) देखियो ।’
त्यसपछि उनले महिलाको परिवारका सदस्यहरूको रगतको नमूना खोजे । ‘२० जना परिवारका सदस्यहरूका रगतका नमुना लियौ ।तर कसैको रगत पनि महिलासँग मेल खाएन’, डा.माथुरले भने ।
त्यसपछि उनीसँग अर्को विकल्प थियो–रगतको नमुना ब्रिटेनको ब्रिस्टलमा रहेको इन्टरनेशनल ब्लड ग्रुप रिप्रलेन्स ल्याब्रोरेटरी मा पठाउने ।
यो त्यही प्रयोगशाला हो, जहाँ संसारभरबाट रक्त नमुना परीक्षणका लागि पठाइन्छ । डा. माथुरका अनुसार त्यहाँ रगत पठाइएपछि त्यसको विश्लेषण गर्न १० महिना लाग्यो । परीक्षण पछि बिरामीको रगतमा युनिक एन्टिजेन रहेको पत्ता लाग्यो ।
त्यो जानकारीपछि त्यसका जानकारी इन्टरनेशनल सोसाइटी अफ ब्लड ट्रान्सफ्युजनलाई पठाइयो । रेड ब्लड सेल इम्यूनोजेनेटिक्स एन्ड टर्मिनोलोजी समूहले ती महिलाको रगतलाई सीआरआईबी नामलाई मान्यता दियो ।
यस वर्ष जुनमा इटालीको मिलानमा आयोजित इन्टरनेशनल सोसाइटी अफ ब्लड ट्रान्सफ्युजनको ३५औं सम्मेलनमा यसको औपचारिक घोषणा गरिएको हो ।
रक्त समूह आमा–बुबाको जीनबाट तय हुन्छ । त्यसोभए के ती महिलाको जीनमा केही गडबडी थियो त?
डा. माथुर भन्छन्, ‘हामीले सोचेका थियौं कि कम्तीमा परिवारका कुनै एक सदस्यमा त्यही एन्टिजेन होला, तर कसैमा थिएन ।’ एन्टिजेन शरीरमा पाइने एक किसिमको प्रोटिन हो ।
हालसम्म क्रोमर रक्त समूह प्रणालीमा २० एन्टिजेनहरूको पहिचान भइसकेको छ । सीआरआईबी अब २१औं एन्टिजेन बनिसकेको छ ।
सीआरआईबी ब्लड ग्रुप बाँकी ४७ रक्त समूह प्रणालीबाट फरक छैन, जसमा ३०० भन्दा बढी एन्टिजेन छन् । तर ट्रान्सफ्यूजनका लागि सामान्यतः एबीओ र आरएचडी मात्रलाई आधार मानिन्छ ।
डा. स्वाति कुलकर्णीले बम्बे ब्लड ग्रुपको उदाहरण दिँदै भनिन् ‘यो ग्रुप जुन १९५२ मा डा. वाय.एम. भेन्डे र डा. एच.एम. भाटियाले पत्ता लगाएका थिए । बम्बे फेनोटाइप भएका व्यक्तिहरूमा ‘ए’ र ‘बी’ एन्टिजेन हुँदैन, तर तिनीहरूले ‘इ’ ब्लड ग्रुपको रगत पनि लिन सक्दैनन् ।’
बम्बे ब्लड ग्रुप पनि निकै दुर्लभ हो । संसारभर हरेक १० लाख व्यक्तिमा एकजनामा पाइन्छ तर मुम्बईमा हरेक १० हजारमा एकमा देखिने गरिन्छ ।
ती महिला पनि अरूसँग रगत लिन सक्दिनन्, तर अरूलाई रगत दिन सक्छिन्, बम्बे ग्रुपजस्तै । बम्बे र क्रोमर ब्लड ग्रुप सिस्टमसँगै १९७३ मा भारतमा इन्डियन ब्लड ग्रुप सिस्टम पनि पत्ता लागेको हो ।




प्रतिक्रिया