काठमाण्डू– सरकारले सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त अध्यक्ष पदका लागि बिहीबार आह्वान गरेको दरखास्त आह्वानसम्बन्धी सूचना रद्ध गरेको छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै दरखास्तसम्बन्धी सूचना रद्ध गरिएको जनाएको हो । मन्त्रालयले यसअघि ७ जेठमा सूचना जारी गरेको थियो ।
‘सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त रहेको अध्यक्ष पदमा प्रतिस्पर्धात्मक प्रणालीद्वारा एक जना उम्मेदवार छनोट गरी नियुक्ति गर्नुपर्ने भएकाले इच्छुक योग्य व्यक्तिले मिति २०८३/०२र१५ गते (सोमबार) कार्यालय समयभित्र दरखास्त पेश गर्नु हुन यो सूचना प्रकाशन गरिएको छ’, सूचनामा भािएको थियो ।
विशेष कारणबस भनिए पनि दरखास्त आह्वानसम्बन्धी सूचना रद्ध गरिनुको कारण खुलाइएको छैन ।
‘सार्वजनिक सेवा प्रसारण संस्थामा रिक्त रहेको अध्यक्ष पदका लागि मिति २०८३/०२/०७ मा सार्वजनिक सूचना प्रकाशन गरी दरखास्त आह्वान गरिएकोमा विशेष कारणवश उक्त सूचना रद्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ’, श’क्रबार जारी स”चनामा भािनएको छ ।





प्रतिक्रिया