अध्यक्ष प्रचण्डको प्रतिक्रिया : जसले गल्ती गरेको छ, उसले आत्मालोचना गर्ने हो

अध्यक्ष प्रचण्डको प्रतिक्रिया : जसले गल्ती गरेको छ, उसले आत्मालोचना गर्ने हो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा जसले गल्ती गरेको छ, उसले आत्मालोचना गर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।

आईतबार पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले गल्ती गर्नेले आत्मालोचना गर्नुपर्ने बताए ।

स्थायी कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्माले पार्टी बिग्रिनुको जिम्मेवारी अध्यक्ष प्रचण्डले लिए आफू पनि आत्मालोचना गर्न तयार रहेको बताएका थिए । बैठकले नेताहरूले उपमहासचिव शर्माले आत्मालोचना गर्नुपर्ने बताएका थिए ।

उपमहासचिव शर्माले अध्यक्ष प्रचण्डले जिम्मा लिनुपर्ने भनेर लगाएको आरोपबारे सोधेको प्रश्नमा प्रचण्डले भने, ‘अहिले छलफल चलिरहेकै छ । जसले गल्ती गरेको छ, उसले आत्मालोचना गर्ने कुरा हो ।’

उपमहासचिव शर्माले माओवादीमा नेतृत्वको पुस्तान्तरण र पार्टी पुनर्गठनको विषय सशक्त रूपमा उठाउँदै आएका छन् ।