६-६-६ वाकिङ रुटिन के हो ? स्वस्थ जीवनशैलीका लागि यसको फाइदा के छ ?

६-६-६ वाकिङ रुटिन के हो ? स्वस्थ जीवनशैलीका लागि यसको फाइदा के छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हिँडाइ वा टहलिने सबैभन्दा सजिलो व्यायाम हो । यसले कुनै नोक्सान गर्दैन र जसरी गरेपनि यो लाभदायक नै हुन्छ ।

यसमा दुई मत छैन कि दैनिक हिँडाइको बानीले हाम्रो स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ । ल्यान्सेट पब्लिक हेल्थ मा हालै प्रकाशित एक अध्ययन अनुसार हरेक दिन ७ हजार कदम हिँड्दा क्यान्सर, डिमेन्सिया (स्मृतिभ्रंश) र मुटु सम्बन्धी गम्भीर रोगहरूको जोखिम घट्छ ।

यस्ता धेरै अध्ययनहरू छन् जसले हिँडाइका अनगिन्ती फाइदाहरू देखाउँछन् । तर हिँड्ने तरिका र समयका विषयमा विभिन्न सुझाव र विधिहरू छन् ।

भर्खरै सामाजिक सञ्जालमा ‘६–६–६ वाकिङ रुटिन’ को चर्चा चलेको छ । जसलाई मुटु र मानसिक स्वास्थ्यका लागि लाभदायक भनिएको छ ।

६–६–६ वाकिङ रुटिन भन्नाले हरेक दिन बिहान ६ बजे वा साँझ ६ बजे ६० मिनेटसम्म हिँडाइ गर्नुपर्ने अभ्यास हो । यसमा ६ मिनेट वर्म–अप र ६ मिनेट कूल–डाउन पनि सामेल छ । यसलाई हप्ताको ६ दिन गर्नुपर्छ ।

यस रुटिनका फरक–फरक अर्थ लिइएका छन् । कतिपयले यसमा ६ हजार स्टेप्स समेट्छन्, कतिले ६ दिन अनुशरण गर्नुपर्ने भन्छन् । तर मुख्य कुरा भनेको हरेक दिन ६० मिनेट हिँड्नु हो, जुन बिहान–साँझ गरेर आधा–आधा घण्टा गर्न सकिन्छ ।

मुटुको स्वास्थ्यमा प्रभाव

स्वस्थ मुटुको लागि हप्तामा १५० मिनेट हिँडाइ सिफारिस गरिन्छ, तर एसियाली देशहरूमा २५० मिनेट सिफारिस गरिएको छ। ६ दिन ६० मिनेट हिँड्दा जम्मा ३६० मिनेट हिँडाइ हुन्छ, जुन मुटुका लागि फाइदाजनक मानिन्छ ।

ब्रिस्क वाक अर्थात् तेज गतिमा हिँडाइ गर्दा हृदयगति अधिकतम ६०–७० प्रतिशतको बीचमा हुनुपर्छ । ब्रिस्क वाकले रक्तसञ्चार बढाउँछ र मुटुलाई स्वस्थ बनाउँछ ।

मानसिक स्वास्थ्यमा प्रभाव

बिहान वा साँझ खुला स्थानमा हिँड्दा मानसिक रूपले राहत मिल्छ । यो पनि एक प्रकारको ध्यान जस्तै हो । एकल हिँडाइले मन शान्त हुन्छ । यस्तै साँझमा हिँड्दा दिनभरको तनाव कम हुन्छ र मन हलुका हुन्छ ।

नियमित समयमा हिँड्ने बानीले निन्द्रादेखि लिएर दिनचर्यालाई व्यवस्थित बनाउँछ । यदि सन्तुलित आहारसँगै ६–६–६ वाकिङ रुटिन सकारात्मक ढंगले अपनाइयो भने यो शरीर, मुटु र दिमागलाई स्वस्थ राख्ने सरल र प्रभावकारी उपाय हुन सक्छ ।