पूर्व उपराष्ट्रपति पुनलाई माओवादीमा छैटौं वरीयता

पूर्व उपराष्ट्रपति पुनलाई माओवादीमा छैटौं वरीयता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा माओवादी केन्द्रले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) लाई छैटौँ वरीयता दिएको छ ।

माओवादीले पार्टीको वेबसाइट अपडेट गर्दै पुनलाई छैटौँ नम्बरमा राखेको हो ।पार्टीको स्थायी कमिटी बैठक चलिरहेका बेला वेबसाइटमा वरीयता अपडेट गरिएको हो ।

वरीयता अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसालपछि पुनको नाम छ।

माओवादीले यसअघिनै पुनलाई उपाध्यक्षमा मनोनीत गरि सक्रिय राजनीतिमा फर्काएको थियाे ।