काठमाण्डु– सोमबार सेयर बजार उकालो लागेको छ । यसदिन नेप्से १६ अंकले बढेर परिसुचक २८७५ बिन्दुमा पुगेको छ ।
तिन दिन पछि बजार बढेपनि कारोबार रकम भने घटेको छ । आइतबार १३ अर्ब ७ करोडको कारोबार भएकोमा आज १० अर्ब ८२ करोडको भयो । कारोबारमा आएका १४० कम्पनीको सेयर मूल्य बढेको छ भने ११० कम्पनीको घटेको छ ।
कारोबार रकमका आधारमा आज हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, ङादी ग्रुप पावर र नेपाल पुनर्बीमा क्रमशः अगाडि रहे ।
यसदिन ट्रेड टावर र शिवश्री हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढ्यो भने सान्भी इनर्जीको मूल्य १० प्रतिशतले घट्यो । यस्तै समता घरेलु लघुबित्तको सेयर मूल्य ९.९६ प्रतिशतले घट्यो ।
आज ट्रेड टावर १० प्रतिशत घट्यो ।
आज बैंकिङ ०.६८ प्रतिशत बढ्यो । त्यस्तै जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०.५६, हाइड्रोपावर ०.०९ प्रतिशत बढे । होटल तथा पर्यटन ०.३९, विकास बैंक ०.०६, अन्य ०.४२, उत्पादन तथा प्रशोधन ०.२१, निर्जीवन बीमा ०.५३ तथा फाइनान्स ०.८२ प्रतिशत घटे ।




प्रतिक्रिया