तुर्कमेनिस्तान – प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडीसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन सोमबार तुर्कमेनिस्तान पुगेका छन् ।
प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समयअनुसार दिउँसो १४.३० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तुर्कमेनिस्तानको आवाजा शहर पुगेको हो ।
उनलाई तुर्कमेनिस्तानवासी अन्तर्राष्ट्रिय विमानस्थलमा तुर्कमेनिस्तान सरकार (मप) का उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारादोभ, संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका आवासीय प्रतिनिधि लोकबहादुर थापा लगायतले स्वागत गरे ।
साउन २०–२३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा शहरमा आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली आएका हुन् ।




प्रतिक्रिया