५ दिनअघि हराएका दाजु–बहिनी मृत भेटिए

५ दिनअघि हराएका दाजु–बहिनी मृत भेटिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पाँचथर जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापुबाट ५ दिनअघि हराएका ९ वर्षीय शिशिर राई र उनकी ६ वर्षीया बहिनी नानुमा राईको शव फेला परेकोछ ।

उनीहरु मंगलबार बिहान विरुवा खोलामा मृत अवस्थामा फेला परेका हुन् ।

शुक्रबार बिहान हजुरबुबा–हजुरआमा बस्ने घरतर्फ हिँडेका दाजु–बहिनी त्यसैदिनदेखि सम्पर्कविहीन रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरिक्षक कौशल कुमार बुढाथोकीका अनुसार अहिलेसम्मको अनुसन्धानमा खोलाले बगाएको प्रकृति देखिएको छ । यद्यपी थप अनुसन्धान भइरहेको उनले बताए ।

बालबालिका हराएको खबर पाएपछि प्रहरी चौकी च्याङथापु, जिल्ला प्रहरी कार्यालय पाँचथर र स्थानीयवासी लगातार खोजीमा जुटेका थिए ।

चार दिनको खोजीपछि मंगलबार बिहान खोलाको किनारमा उनीहरूको शव भेटिएको हो । शव फेला परेपछि यतिवेला गाउँ नै शोकमा डुबेको छ । शिशिर र नानुमा गाउँकै पूर्ण आधारभूत विद्यालयका विद्यार्थी थिए ।