काठमाण्डु – हप्ताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजारमा ४१ अंकको गिरावट आएको छ ।
मंगलबार नेप्से परिसुचक ४१.७८ अंकले घटेर २८३३.५७ बिन्दुमा झरेर रोकिएको छ ।
केही दिनअघिसम्म ३ हजार बिन्दु नाघेको नेप्से पछिल्ला केही दिनयता निरन्तर ओरालो यात्रामा छ ।
मंगलबार कुल ३२५ स्टकको ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार ४८१ रुपैयाँ बराबरको २ करोड २२ लाख ७ हजार १४२ कित्ता शेयर कारोबार भएको छ । सोमबार १० अर्ब ८२ करोड २४ लाख रुपैयाँको २ करोड ७१ लाख ६९ हजार कित्ता शेयर कारोबार भएको थियो ।
मंगलबार सेन्सेटिभ इन्डेक्स ६.५१ अंकले घटेको छ । फ्लोट इण्डेक्स २.७७ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने २.२६ अंकले घटेको छ ।
मंगलबार समाज लघुवित्त र उन्नी सहकार्य लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । समाज लघुवित्तको शेयर प्रतिकित्ता १० प्रतिशतले बढेर २७४८.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, उन्नति सहकार्य लघुवित्तको शेयर मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेर २४९३.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
मंगलबार थ्रीस्टार लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य मंगलबार प्रतिकित्ता ९७.८५ रुपैयाँले घटेर ८८१.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ । ट्रेड टावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता ७५.९३ रुपैयाँले घटेर ९५७.२७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
मंगलबार हिमालयन रिइन्स्योरेन्स लिमिटेड, ट्रेड टावर, सिवम् सिमेन्ट र नाग्दी ग्रुप पावर लिमिटेडर बुटवल पावर कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।




प्रतिक्रिया