काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर कैयौको मृत्यु भएको घटनाप्रति दु:ख व्यक्त गरेकी छन् ।
मन्त्री राणाले फेसबूकमा लेखेकी छन्, ‘भारतको उत्तराखण्डमा भएको अविरल वर्षापछि आएको बाढी र पहिरोको घटनाले म दु:खी भएको छु । पीडित र उनीहरूका परिवारजनप्रति मेरो समवेदना छ । उद्धार टोलीहरूलाई राहत कार्य सञ्चालन गर्न शक्ति र सफलता मिलोस् भन्ने कामना गर्दछु ।’
मंगलबार उत्तराखण्डको उत्तरकाशीमा भीषण बाढी आउँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी बेपत्ता छन् ।
बाढीका कारण सडक, भवन डुबानमा परेका छन् । पर्यटकीय क्षेत्रका रूपमा परिचित होटेल, रिसोर्ट र रेस्टुरेन्टमा पनि डुबानमा परेर क्षति पुगेको छ ।




प्रतिक्रिया