प्रशासकीय अदालतको अध्यक्षमा घिमिरेलाई नियुक्त गर्न सिफारिस

प्रशासकीय अदालतको अध्यक्षमा घिमिरेलाई नियुक्त गर्न सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – न्याय परिषद्ले प्रशासकीय अदालतको अध्यक्ष पदमा नायव महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेलाई नियुक्त गर्न सरकारलाई सिफारिस गरेको छ ।

परिषद्का प्रवक्ता डा. अशोककुमार क्षेत्रीले बुधबार निर्णयबारे जानकारी दिँदै प्रशासकीय अदालत ऐन २०७६ को दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम नेपाल न्याय सेवा रा.प्र. विशिष्ट श्रेणी पदमा काम गरेका घिमिरेलाई नियुक्त गर्न सरकारलाई परामर्श प्रदान गर्ने निर्णय भएको जनाएका छन् ।