संघीयताबारे नीतिगत रूपमा गम्भीर हुनुपर्छ : मन्त्री न्यौपाने

संघीयताबारे नीतिगत रूपमा गम्भीर हुनुपर्छ : मन्त्री न्यौपाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सं‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले संघीयताबारे नीतिगत रूपमा के समस्याहरू छन् भन्ने विषयमा गम्भीर हुनुपर्ने बताएकी छन् ।

बुधबार काठमाण्डुमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले संघीयतालाई सुदृढ बनाउनका लागि ३ तहको बीचमा समन्वय हुनुपर्ने भन्दै यसमा नीतिगत रूपमा के समस्याहरू छन्, त्यसमा गम्भीर हुनुपर्ने बताइन् ।

उनले भनिन्, ‘प्रशासनिक संघीयतालाई सुदृढ बनाउनुपर्नेछ । हाम्रो संघीयतालाई सुदृढ बनाउनुपर्नेछ, त्यसको लागि ३ तहको बीचमा समन्वय गर्नुपर्नेछ । कर्मचारी समायोजन, व्यवस्थापनका कुराहरू छन् । यी सबै पाटोलाई राम्रो गरी अध्ययन गर्नुपर्छ भन्ने महसूस मैले गरें । संघीयताको बारेमा आज जस्तो खालको टिप्पणीहरू भइरहेको छ, जे प्रश्नहरू उठिरहेको छ । यो के कारणले उठिरहेको छ, हाम्रो नीतिगत रूपमा के समस्याहरू छन् भन्ने विषयमा अनुभूति लिनुपर्छ भन्ने लागेको छ ।’

सुशासनको विषयमा उठिरहेका प्रश्नलाई कसरी हल गर्ने भन्ने विषयमा छलफल भएको भन्दै उनले छलफलबाट एउटा संयन्त्र नै बनाएर अगाडि बढौं भन्ने निर्णय भएर निर्देशन पनि दिएको बताइन् ।

उनले भनिन्, ‘कर्मचारीतन्त्रमा सुशासनको विषयमा उठेका प्रश्नहरू थिए । जनतालाई सेवा दिने कुरामा पारदर्शी भएको छैन भन्ने खालका प्रश्नहरू उठेका छन् । सानो कामका लागि पनि भनसुन गर्नुपर्छ भन्ने खालको मनोविज्ञान छ, त्यसलाई कसरी अन्त्य गर्ने र सुशासनको विषयमा उठिरहेका प्रश्नलाई कसरी हल गर्ने भन्ने विषयमा छलफल गरेका थियौं र त्यो एउटा संयन्त्र नै बनाएर अगाडि बढौं भनेर निर्णय निकालेर निर्देशन पनि दिएको छु ।’