आईजीपी बर्खास्ती र अडियो प्रकरणबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

आईजीपी बर्खास्ती र अडियो प्रकरणबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले प्रहरी महानिरीक्षक (आईजीपी)बाट दानबहादुर कार्कीलाई हटाएर मनोज कार्कीलाई नियुक्त गरेकोसहित पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टीको धारणा बनाउन नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो ३ बजे पदाधिकारीहरूको अनौपचारिक बैठक बस्न लागेको हो।

कार्कीको बर्खास्ती, कार्कीको नियुक्ति, हालै सार्वजनिक इनम सापकोटाको अडियोमा सभापति गगन थापाले पार्टीलाई वैधानिकता दिलाउन १८ करोड खर्चे विषयमा बैठकमा छलफल गरिने एक नेताले बताचए ।

इनम सापकोटाको विषयमा सरकारले निराधार कपोकल्पित र नियोजित आरोप लगाएर पार्टीको वैधानिकमाथि प्रश्न उठाउन खोजेको कांग्रेसको बुझाइ छ ।

साथै पार्टी संगठनको समसामयिक विषयमा पनि छलफल हुनेछ । पार्टीको जिल्ला र प्रदेशमा अधिवेशन हुन बाँकी रहेकोले ती विषयमा महामन्त्री र सहमहामन्त्रीहरूबीच छलफलका लागि बैठक बोलाइएको हो ।