काठमाण्डु – समाजसेवी शर्मिला थापाले सर्लाहीको चन्द्रनगर गाउँपालिकाको मुस्लिम समुदायका ३०० बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेकी छिन् ।
चन्द्रनगर गाउँपालिका–५ स्थित समिमुल उलम स्लामिया मदर्शामा अध्ययन गर्ने मुस्लिम बालबालिकाहरूलाई थापाले शैक्षिक सामग्री वितरण गरेकी हुन् ।
समिमुल उलम स्लामिया मदर्शामा आयोजित कार्यक्रममा शैक्षिक सामग्री वितरण गर्दै समाजसेवी थापाले गरिब, असहाय, दिनदुःखीको वृहत्तर उत्थानको पक्षमा आफू सदैव लाग्ने बताइन् ।
मुस्लिम समुदायमा शिक्षाको महत्वलाई बढाएर साक्षर बनाई देश हितमा लाग्ने अभियान अनुरुप पछिल्लो समयमा मदर्शाहरूमा अध्ययन गर्ने बालबालिकाहरुलाई शैक्षिक सामग्रीह वितरण गर्ने कार्य सुरु गरेको उनको भनाइ छ।
थापाले ३०० मुस्लिम बालबालिकाहरूलाई स्कुल झोला, कापी, कलम, किताब, पेन्सील कटर, इरेजरसहितका शैक्षिक सामग्री वितरण गरेकी हुन् ।





प्रतिक्रिया