काठमाण्डु – नेपाल शिक्षक महासंघले भदौ दोस्रो हप्ताबाट अर्काे निर्णायक आन्दोलन गर्ने निर्णय गरेको छ ।
महासंघको बिहीबार बसेको बैठकले पूर्वसहमति अनुसार शिक्षा विधेयकमा मागहरू नसमेटिएको भन्दै भदौ दोस्रो हप्ताबाट आन्दोलन गर्ने निर्णय गरेको हो ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन परिचालन समितिले खाका तयार गर्ने र राष्ट्रिय समितिले पारित गर्ने जानकारी दिए । भदौ ३ र ४ गतेका लागि राष्ट्रिय समितिको पूर्ण प्रत्यक्ष बैठक बोलाएको अध्यक्ष सुवेदीले बताए ।
बैठकमा सरकारसँग भएको सहमतिपछि अहिलेसम्मको अवस्थाबारे समीक्षा गरिएको उनले बताए । शिक्षक र कर्मचारी सन्तुष्ट हुने गरी र विद्यालय शिक्षाका समस्या समाधान गर्ने गरी विधेयक आउने जस्तो नदेखिएको अध्यक्ष सुवेदीले बताए ।




प्रतिक्रिया