काठमाण्डु – नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेर झन्डै २ लाख रुपैयाँ नजिक पुगेको छ ।
साताको अन्तिम कारोबार दिन शुक्रबार १ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएकोमा शुक्रबार बढेर भएर १ लाख ९९ हजार ४ सय रुपैयाँ भएको हो ।
यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । बिहीबार तोलाको २ हजार ३१५ रुपैयाँ कायम भएकोमा शुुक्रबार २ हजार ३२५ मा कारोबार भएको महासंघले जनाएको छ ।




प्रतिक्रिया