कैलाली घटनामा छलफल गर्न गृहमन्त्री लेखकले बोलाए सुरक्षा निकायका प्रमुख

कैलाली घटनामा छलफल गर्न गृहमन्त्री लेखकले बोलाए सुरक्षा निकायका प्रमुख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले शनिबार सुरक्षा निकायका प्रमुखहरूलाई छलफलका लागि बोलाएका छन् ।

कैदीबन्दीबिच झडपपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न मन्त्री लेखकले शनिबार अपराह्न ४ बजे गृह मन्त्रालयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई बोलाएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा गृहसचिव गोकर्णमणि दुवाडी, सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्ले लगायत सहभागी हुनेछन् ।

कैदीबन्दीबिच शुक्रबार राति एकआपसमा झडप हुँदा १ जनाको मृत्यु र ४७ जना घाइते भएका छन् । स्थानीय प्रशासनका अनुसार झडपमा घाइते भएकाहरूको धनगढीमै उपचार भइरहेको छ ।