राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता

राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। आइतबार बिहान राष्ट्रपति भवन शीतलनिवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा उनीहरूबीच सरकारका काम कारबाही र पछिल्लो समसामयिक राजनीतिकबारे छलफल भएको छ। सचिवालयले नियमित भेटघाट रहेको जनाएका छन्। प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तान भ्रमण र भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भएको गतिविधि राष्ट्रपतिसमक्ष जानकारी गराएका छन्।