काठमाण्डु– नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरीबासले इजरायल–नेपाल सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
इजरायलमा अध्ययन गरेका नेपालीहरूको संस्था ‘सलोम क्लब’ले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले कठिन परिस्थितिमा रहेको इजरायललाई नेपालले सधैं नैतिक समर्थन पुर्याउँदै आएकोमा धन्यवाद ज्ञापन गरे।
उनले भने, “हामीले पनि नेपाललाई भरपर्दो मित्रका रूपमा व्यवहार गर्दै आएका छौं।”
राजदूत आरीबासका अनुसार शिक्षा, स्वास्थ्य, कृषि, श्रम र सूचना प्रविधि जस्ता क्षेत्रमा इजरायलले नेपाललाई निरन्तर सहयोग गर्दै आएको छ र भविष्यमा पनि यसलाई अझ विस्तार गर्ने योजना छ। उनले निकट भविष्यमै एक हजार नेपाली श्रमिक इजरायल जाने तयारीमा रहेको जानकारी पनि दिए।
उनका अनुसार दुवै मुलुकका सरकारी अधिकारी नेपाली श्रमिक पठाउने प्रक्रिया अन्तिम चरणमा रहेका छन्।




प्रतिक्रिया