काठमाण्डु – नेपालका लागि टीभीएस मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाल अटोमोबाइल एसोसिएसन मोटरसाइकल एक्स्पो (एनएआईएमए) २०२५ मा टीभीएस रोनिन २२५ को नयाँ २०२५ संस्करण ‘मिडनाइट ब्लु’ रंगमा सार्वजनिक गरेको छ ।
प्रिमियम डिजाइन, बहुउपयोगी प्रदर्शन र आधुनिक राइडर–केन्द्रित सुविधासहित आएको नयाँ संस्करणले मोटरसाइकल प्रेमीहरूको विशेष ध्यान खिचेको छ ।
हलबीको स्टल एल३एमा प्रदर्शित रोनिन २२५ मा अत्याधुनिक प्रविधि, उत्कृष्ट इन्जिनियरिङ र बहुप्रदर्शन क्षमताको संयोजन गरिएको छ । कम्पनीका अनुसार यसलाई शहरभित्रको दैनिक आवतजावतदेखि लामो दूरीका एड्भेन्चर यात्रासम्मका लागि उपयुक्त हुने गरी डिजाइन गरिएको हो । यसको परिष्कृत इन्जिनले स्मुथ टर्क डेलिभरी र थ्रोटलमा छरितो रेस्पोन्स दिने भएकाले सवारी अनुभव सहज र रोचक बन्ने जनाइएको छ ।
मोटरसाइकलमा अर्बन र रेन नामक २ वटा राइडिङ मोड राखिएका छन्, जसबीच सहज रूपमा स्वीच गर्न सकिन्छ । फरक सडक सतह र मौसम परिस्थितिमा पनि सुरक्षित तथा विश्वस्त नियन्त्रणका लागि यो सुविधा प्रभावकारी मानिन्छ ।
ब्लुटुथ कनेक्टिभिटी प्रणालीमार्फत स्मार्टफोनसँग सजिलै जडान भई नेभिगेसन सहयोग प्राप्त गर्न सकिन्छ भने ब्रेकिङ सुरक्षालाई प्राथमिकतामा राख्दै डुअल–च्यानल एबीएस मोड जडान गरिएको छ, जसले आकस्मिक ब्रेकिङमा स्थिरता कायम राख्छ ।
ह्यान्डलिङ र स्थिरता बढाउन यसमा अपसाइड डाउन फ्रन्ट फोर्क प्रयोग गरिएको छ । चालकको व्यक्तिगत सुविधाअनुसार मिलाउन सकिने एड्जस्टेबल लिभरहरूले राइडिङ अनुभवलाई अझ सहज बनाएका छन् । यी सबै विशेषताले रोनिन २२५ लाई प्रिमियम मोटरसाइकल सेग्मेन्टमा सशक्त प्रतिस्पर्धी बनाएको कम्पनीको दाबी छ ।
मिडनाइट ब्लु रंगको आकर्षक संयोजनले यस संस्करणलाई बजारमा फरक पहिचान दिएको छ । स्टाइल र प्रदर्शन दुवैलाई समान प्राथमिकता दिने राइडरहरूका लागि विशेष विकल्प बन्न सक्ने अनुमान गरिएको छ ।
कुल ४ लाख ५९ हजार ९०० रुपैयाँको प्रारम्भिक मूल्यमा उपलब्ध हुने नयाँ संस्करणले नेपाली बजारमा अन्तर्राष्ट्रिय स्तरको मोटरसाइकल अनुभव दिने कम्पनीको प्रतिबद्धतालाई प्रतिविम्बित गरेको छ । बलियो डिलर सञ्जाल, उत्कृष्ट बिक्रीपछिको सेवा र ग्राहकमैत्री नीतिसहित, टीभीएस रोनिन २२५ २०२५ संस्करणले अबको प्रिमियम मोटरसाइकल बजारमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीले विश्वास गरेको छ ।




प्रतिक्रिया