तपाइँ पनि अपानवायुबाट ग्रसित हुनुहुन्छ ? यी खानेकुरामा ध्यान दिनुस्

तपाइँ पनि अपानवायुबाट ग्रसित हुनुहुन्छ ? यी खानेकुरामा ध्यान दिनुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अपानवायु छोड्नु सामान्य प्रक्रिया हो । औसतमा प्रत्येक व्यक्तिले एक दिनमा पाँचदेखि १५ पटक वायु छोड्छन् ।

अपानवायुले निम्त्याउने असहजता र लज्जाबोधलाई यदि बिर्सिने हो भने खासमा कुनै दिनविशेष पेटमा धेरै ग्यास हुनु राम्रो स्वास्थ्यको एउटा संकेत पनि हुन सक्छ ।

त्यो किनभने पेटमा वायु निम्त्याउने खानेकुराहरू मुटुका लागि स्वस्थकर हुन्छन् । फाइबरयुक्त जटिल प्रकारका कार्बोहाइड्रेटहरू, फाइबर–प्याक्ड कम्प्लेक्स काब्र्स भएका खानेकुरालाई हाम्रो शरीरले पचाउन गाह्रो हुन्छ । तर आन्द्रामा भएका ब्याक्टेरीयाहरूले त्यो गर्न सक्छन् ।

उसो भए कुनकुन खानेकुराले वायु छोड्न लगाउँछन्, कुनकुनले अपानवायुलाई दुर्गन्धयुक्त बनाउँछन् अनि कस्तो अवस्थामा भने तपाईँले चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ ?

चिल्लोयुक्त खानेकुराले पाचन प्रक्रियालाई मन्द बनाउँछन्, जसका कारण ती खानेकुरा आन्द्रामा कुहिन पुग्छन् र तिनले नराम्रो दुर्गन्ध निम्त्याउँछन् ।

बोसो भएका मासु पचाउन जटिल हुन्छ । किनभने तिनमा प्रचुर मात्रामा अमिनो एसिड मिथियोनाइन हुन्छ, जसमा सल्फर यौगिक पाइन्छ ।

आन्द्रामा रहेका ब्याक्टेरीआले सल्फरलाई पचाएर हाइड्रोजन सल्फाइडमा परिणत गर्छ, जसको गन्ध कुहिएको अन्डाको जस्तो हुन्छ र त्यसले मासुलगायत तपाईँले खाने अन्य खानेकुराबाट निस्कने ग्यासलाई दुर्गन्धित बनाउनमा सघाउ पुर्‍याउँछ ।

गेडागुडी तथा दालहरूमा पर्याप्त फाइबर हुन्छ, तर ¥याफिनोज भनिने एक प्रकारको जटिल गुलियो पदार्थ पनि हुन्छ, जसलाई हामीले राम्ररी प्रशोधन गर्न सक्दैनौँ ।

ती गुलिया पदार्थहरू आन्द्रासम्म पुग्छन्, जहाँ तपाईँको आन्द्राले तिनलाई ऊर्जाका रूपमा प्रयोग गर्छ । परिणाम स्वरूप हाइड्रोजन, मिथेन र दुर्गन्धित सल्फरसम्म बन्छ ।

जनविश्वासविपरीत अण्डाले चाहिँ अपानवायु निम्त्याउँदैन । तर तिनमा सल्फर यौगिकयुक्त मिथियोनाइन हुन्छ । अतः यदि तपाईँ गन्धयुक्त अपानवायु चाहनुहुन्न भने अन्डासँगै वायु निम्त्याउने गेडागुडी र चिल्लोयुक्त खानेकुराहरू नखानुहोस् ।

अण्डाले पेट ढुस्स बनाउँछ र वायु निम्त्याउँछ भने तपाईँलाई ती असुहाउँदो हुन सक्छ अथवा त्यसले एलर्जी निम्त्याएको हुन सक्छ ।

प्याज, चुकन्दर, लसुन र लीक भनिने एक प्रकारको हरियो प्याज सबैमा फ्र्यूक्ट्यान्ट अर्थात् ग्यास र पेट ढुस्स बनाउने कार्बहरू हुन्छन् ।

दूधजन्य उत्पादन

गाई र बाख्राका दूधमा ल्याक्टोज भनिने एक प्रकारको गुलियो पदार्थ हुन्छ, जसले ग्यास निम्त्याउँछ ।

सबैभन्दा मुख्य कुरा विश्वको वयस्क जनसंख्याको करिब ६५ प्रतिशतले ल्याक्टोलाई पचाउन सक्दैनन् । दूधबाट बनेका खानेकुरा खाँदा उनीहरूमा पेट ढुस्स हुने र ग्यासले भरिने अवस्था सिर्जना हुन्छ ।

ग्यास बनाउने फ्र्यूक्ट्यान्ट अपानवायु निम्त्याउने फाइबरयुक्त जौ र गहुँजस्ता अन्नका उत्पादनमा पाइन्छ । अतः रोटी, पास्टा र अरू अन्नले अपानवायु निम्त्याउन सक्छन् ।

मुख्य कुरा गहुँ, जौ र राईजस्ता केही अन्नमा ग्लुटेन पाइन्छ ।

यदि तपाईँलाई ग्लुटेन सह्य हुँदैन भने त्यस्ता खानेकुरा खाएपछि तपाईँलाई ग्यास बन्ने र पेट ढुस्स हुने समस्या हुन सक्छ ।

बन्दा, ब्रोकोली, फूलभोगी, टुसा उमारिएका गेडागुडी, केल र अरू हरिया पातयुक्त तरकारीहरूमा उच्च मात्रामा फाइबर पाइन्छ र तिनलाई पचाउन तपाईँको शरीरलाई बढी समय लाग्न सक्छ ।

तर तपाईँको आन्द्रामा हुने ब्याक्टेरीआलाई ऊर्जाका निम्ति ती खानेकुरा चाहिन्छ र त्यसले वायु निम्त्याउँछ । काउली प्रजातिका यी विभिन्न तरकारीहरूमा सल्फर पाइन्छ र त्यसले अपानवायुको दुर्गन्ध निम्त्याउँछन् ।

स्याउ, आँप र आरुजस्ता धेरै फलफूलमा प्राकृतिक गुलियो पदार्थ फ्रूक्टोज उच्च मात्रामा पाइन्छ । त्यसका साथै कतिपय स्याउ र आरुमा फाइबर हुन्छ ।

धेरै मानिसलाई फ्रूक्टोज पचाउन मुश्किल हुन्छ र शरीरभित्र ती पच्न गाह्रो हुँदा त्यसले ग्यास निम्त्याउँछ ।

अपानवायुलाई रोक्न सकिन्छ?

फलफूल, तरकारी र दालहरूले वायु निम्त्याउँछन् । तर अपानवायु हटाउनुभन्दा दैनिक धेरै मात्रामा ती खानेकुरा खानु धेरै महत्त्वपूर्ण हुन्छ ।

यदि तपाईँले फाइबरयुक्त खाना खानु हुँदैन भने एक्कासि धेरै मात्रामा खाँदा त्यसले असहजता निम्त्याउन सक्छ । गम्भीर समस्या पन्छाउनका लागि आफ्नो आहारामा बिस्तारै फाइबरयुक्त खानेकुरा थप्नुहोस् ।

पर्याप्त पानी खाँदा धेरै अपानवायु निम्त्याउने कब्जियतको जोखिम घट्छ । यदि तपाईँको आन्द्रामा दिशा रहिरहन्छ भने त्यो फर्मेन्ट भइरहन्छ र दुर्गन्धित वायु निकालिरहन्छ । हरेक खानासँगै पर्याप्त पानी पिउनुहोस् र दिनभरि शरीरमा पर्याप्त तरल पदार्थ पुर्‍याइरहनूस् ।

यूकेको नेशनल हेल्थ सर्भिस एनएचएस पनि वायु बन्ने र पेट ढुस्स हुने समस्याबाट राहत पाउनका लागि पेपरमिन्ट चिया खान सुझाउँछ ।

फिँज आउने पेयपदार्थले ग्यास निम्त्याउँछ र यदि तपाईँले त्यस्ता पेय धेरै पिउनुभयो भने सम्भवतः तिनले डकार निम्त्याउँछन् अनि तपाईँले धेरै नै वायु निष्काशन गर्नुहुन्छ । धेरै अवस्थामा ग्यास चिन्ताको कारण हुँदैन । ग्यासका धेरै अहानिकर कारकहरूको मूल्यांकन अथवा उपचार जरुरी हुँदैन ।

कतिपय अवस्थामा धेरै ग्यास निष्काशन हुनु गम्भीर समस्याको संकृेत हुन सक्छ । यदि तपाईँलाई चिन्ता लाग्छ भने चिकित्सकसँग परामर्श गर्नुहोस् ।

दुर्गन्धित अपानवायु कतिपय औषधि सेवनको परिणाम पनि हुन सक्छ ।