मदन भण्डारी फाउन्डेसन ठगीखाने भाँडो बनेको केपी ओलीको आरोप

मदन भण्डारी फाउन्डेसन ठगीखाने भाँडो बनेको केपी ओलीको आरोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनको नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मदन–आश्रित स्मृति प्रतिष्ठानका पदाधिकारीलाई शपथ खुवाउँदै उनले फाउन्डेसनका पदाधिकारीको अभिव्यक्तिप्रति असन्तुष्टि पोखेका हुन् ।

‘त्यसका पदाधिकारीका अधिव्यक्ति, चक्रपथ भन्ने अनलाइनको प्रस्तुति आदि हेर्दा कसरी जाने हो भन्ने त्यो अन्योल छ,’ उनले थपे।

ओलीले मदन भण्डारी फाउन्डेसन ठगीखाने भाँडो बनेको आरोप समेत लगाए ।

‘त्यो त्यतिकै व्यक्तिगत बनाएको छ, व्यक्तिको हो कि परिवारको हो जस्तो,’ ओलीले भने, ‘श्रीमान, श्रीमतिको हो कि आन्दोलनको निम्ति काम गर्छ कि के हो त्यो ठगीखाने भाँडो बनेको छ। त्यो पार्टीका नाममा बनाइएको संस्था हो।’

हाल मदन भण्डारी फाउन्डेसनको अध्यक्ष पूर्वराष्ट्रपति विद्या भण्डारीकी छोरी उषाकिरण भण्डारी छिन्।

प्रतिष्ठानका तत्कालीन अध्यक्ष प्रदीप नेपालको गत वैशाख २३ गते निधन भएकाले प्रतिष्ठानको यही साउन २३ गतेको ३१ औँ साधारणसभाबाट एमालेका उपमहासचिव ज्ञवालीलाई अध्यक्ष निर्वाचित गरेको थियो ।