रवि लामिछानेको ‘माग बमोजिम नहुने’ फैसला, थुनामै बस्नुपर्ने

रवि लामिछानेको ‘माग बमोजिम नहुने’ फैसला, थुनामै बस्नुपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जिल्ला अदालत रुपन्देहीमा दिएको निवेदन बमोजिम नहुने फैसला भएको छ ।

न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले रविको माग बमोजिम नहुने फैसला गरेको छ । यो फैसलासँगै अब उनले थुनामै बस्नुपर्ने भएको छ ।

बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा थुनामा छन् ।

सहकारी ठगीमा संलग्न नभएको दाबी गर्दै उनले बचतकर्ताको बचत फिर्ताको सुनिश्चित आफूबाटै गर्न चाहेको र आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गरेका थिए । उनले जिल्ला अदालत रुपन्देहीमा साउन १९ गते सोमबार निवेदन दिएका थिए । तर सो निवेदनमाथि सुनुवाइ गर्दै अदालतले माग बमोजिम नहुने फैसला गरेको छ ।

उनले आफ्नो भागको ठगी रकमको बिगो बापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पनि निवेदनसँगै दाखिला गरेका थिए ।