नेकपा एसको निर्देशन- पार्टीको विधान विपरीत अभिव्यक्ति नदिनु, सामाजिक सञ्जालमा नलेख्नु

नेकपा एसको निर्देशन- पार्टीको विधान विपरीत अभिव्यक्ति नदिनु, सामाजिक सञ्जालमा नलेख्नु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एकीकृत समाजवादीले पार्टीको विधि र पद्धति विपरित टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

पार्टीले मंगलबार पार्टी अनुशासन उल्लङ्घन हुने गरी अभिव्यक्ति नदिन तथा सामाजिक सञ्जालमा पोष्ट समेत नगर्न निर्देशन दिएको हो ।

केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले पार्टीलाई आँच पुग्ने गरी अभिव्यक्ति नदिन र सामाजिक सञ्जालमा नलेख्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरिएको जानकारी दिए ।

‘पार्टी केन्द्रीय नेताहरूको कार्यविभाजन भइसकेको अवस्थामा पार्टीका धारणा र निर्णयहरूप्रति आफ्ना सुझाव, टिप्पणी वा फरकमतलाई आफू सङ्गठित कमिटीको बैठकमा राख्न म आग्रह गर्दछु ।’ उनले भने ।

पार्टी केन्द्रीय नेताहरुको कार्यविभाजन भइसकेको अवस्थामा पार्टीका धारणा र निर्णयहरुप्रति आफ्ना सुझाव, टिप्पणी वा फरक मतलाई आफू संगठित कमिटीको बैठकमा राख्नुपर्ने जनाइएको छ।

पछिल्लो समय पार्टीका शीर्ष नेताहरूबीच वैचारिक दृष्टिकोणमा विवाद बढेपछि नेता तथा कार्यकर्ताबाट फरक फरक अभिव्यक्ति विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आइरहेका छन्।